जुम्लामा बिद्यार्थीले देखाए ‘नमुना जुम्लाको’ खाका

जुम्लामा बिद्यार्थीले देखाए ‘नमुना जुम्लाको’ खाका


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ कार्तिक २०७४
  • 6.1K
    Shares

तिहारको मेसोमा जन्मथलो जुम्ला पुगेका युवाहरु भने बेग्लै धपेडीमा थिए । उनीहरु देउसी भैलो छाडेर विज्ञान-प्रविधि प्रदर्शनीमा जुटे । विकास-निर्माणमा पछौटे भनिएका जुम्ला युवाहरु आफैले बनाएका विभिन्न उपकरण प्रदर्शन गरेर आगन्तुकलाई लोभ्याइरहेका थिए ।

खासगरी उच्च शिक्षाका क्रममा जिल्लाबाहिर गएका विद्यार्थीहरुले यस्तो मेलोमेसो मिलाएका थिए । उनीहरुलाई हातेमालो गर्न भने स्थानिय कणर्ाली युथ क्लबले सहयोग गरेको थियो ।

प्रदर्शनीको खास बिशेषता भनेको, जुम्ला जिल्लाकै भौतिक विकास र निर्माणलाई कसरी व्यवस्थापन गर्ने भनेर नमुना प्रविधिहरु प्रस्तुत गरिएको थियो ।

जुम्ला जिल्लालाई रिङरोडले जोडेको परिकल्पना गर्दै बनाइएको प्रोजेक्टमा धेरैको आकर्षण देखिए । जुम्लाको सबै ग्रामिण क्षेत्र जोड्ने सडक सञ्जाललाई नमुनाको रुपमा पेश गर्दै युवाहरुले त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा समेत सुझाएका थिए । जुम्लाको जुगाड खोलाको ढल इन्जिनियरिङ तरिकाबाट कसरी व्यवस्थि तगर्न सकिन्छ भन्ने समेत उनीहरुले देखाएका थिए । त्यस्तै जुम्लाको गुठीचौरलाई पर्यटन गन्तव्य बनाउने संभाव्यता खोतल्दै नमुना पर्यटकिय स्थल प्रदर्शन गरिएको थियो । मेलामा कृषि उपकरण, विद्युतिय उपकरण, स्वास्थ्यसँग सम्बन्धित उपकरणको नमुना प्रस्तुत गरिएको थियो ।

स्थानिय विद्यार्थीले बनाएको भुँइ सफा गर्ने रोबर्ट, अटोमेटिक स्टि्रट लाइट, सोलारबाट खसीको उन काट्ने उपकरण आदि प्रदर्शन गरिएका थिए । भुकम्प प्रतिरोधी घर कसरी बनाउने, बोत्तलमा कसरी खेती गर्ने, थोपा सिंचाई प्रविधि कसरी गर्ने भन्ने जस्ता कुरा पनि प्रदर्शनीमा देखाइएको ज्ञानी बुढा क्षेत्रीले बताए ।

प्रदर्शनीमा कागजबाट उपयोगी बस्तु बनाउने सीप सिकाएका थिए, स्थानिय कनिका निशा स्कुलका विद्यार्थीले । सोहि मेसोमा जुम्लामा लोप हुन लागेको पञ्चे बाजा र मागल देखाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार