जिल्ला समन्वय समिति गुल्मीका लेखा अधिकृत प्रेम भण्डारीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताले कालोमोसो लगाई दुव्र्यवहार गरेका छन् । जिल्ला जनसत्ता गुल्मीको नाममा पुगेका विप्लवका कार्यकर्ताले भण्डारीलाई उनकै कार्यकक्षमा आईतबार कालोमोसो लगाएर दुव्र्यबहार गरेका हुन् ।
कार्यालयमा छाडीएको पर्चामा उनले भ्रष्टाचार गरेकोले कार्वाही गरीएको आरोप लगाईएको छ । पर्चामा उपभोक्ता समिति र कर्मचारीबाट कमिसन लिएको, तत्कालिन जिल्ला विकास समिति अन्तर्गतका कर्मचारकिो सञ्चयकोष जम्मा नगरी अपचलन गरेको, भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएको, राजनीतिक आवरणमा जिविसमा दादागिरी गरेको र परीवारका नाममा ठेक्कापट्टाको लाईसेन्स लिएर कमिसन लिने गरेको आरोप लगाईएको छ ।