आश तमु पोखरा श्रावन ३२/ नेकपा निकट अखिल क्रान्तिकारीले बाढी पिडितहरुको लागी राहत जुटाएको छ।पार्टी केन्द्रको बिज्ञप्ती मार्फत दिएको निर्देशन अनुसार सबै मोर्चा राहत तथा उद्दारमा लागेको हो ।

केहिदिनको भारि वर्षा का कारण देशका विभिन्न भागमा बाढी ,पहिरोमा परि दर्जनौको मृत्यु ,सयौं बेपत्ता र हजारौं बिस्थापित हुन बाध्य पारिएको पिडामा मल्हम लगाउने उद्देश्यले संगठनको एकाइहरु मार्फत राहत संकलन गरेको अखिल क्रान्तिकारीका नेतालोकेश विश्वकर्माले जानकारी दिएका छन ।
कोशी थुनेर नेपालका ठुलाठुला बस्ती ,सहर र बिमानस्थल जलमग्न बनाइ हजारौं बिस्थापित बनाइएर भारतीय शासकले मानव अधिकारको ठाडो उल्लघङ्ग मात्र नगरेर आफ्नो घृणित साम्राज्यवादी चरीत्र उदाङ्गो पारेको भारतले यस्तो कार्य बन्द नगरे नेपाली युवा बिद्यार्थीले प्रतिरोध गरिने समेत विश्वकर्माले बताए ।
राज्यको लाचारी र उदासिनता प्रती आक्रोश प्रकट गर्दै पिडित जनताको आधारभुत आवश्यकतालाइ शिघ्र सम्बोधन गर्न समेत माग विश्वकर्माले गरेका छन ।