भुटानी शरणार्थीले आन्दोलन चर्काउने

भुटानी शरणार्थीले आन्दोलन चर्काउने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ साउन २०७४
  • 8.6K
    Shares

२१ साउन, काठमाडौं । विगत लामो समयदेखि शरणार्थी समस्या समाधानको माग गर्दै आएका भुटानी शरणार्थीहरुले आन्दोलन चर्काउने भएका छन् ।

झापाको दमक र मोरङको पथरी शनिश्चरेमा बसोबास गर्ने शरणार्थीहरुले समस्या समाधानको माग गर्दे पटक पटक सम्बन्धित निकायमा पहल गर्दासमेत बेवास्था गरेको भन्दै आन्दोलन चर्काउने संकेत गरेका हुन् ।

आज दमकमा पत्रकार सम्मेलन गर्दै क्याम्प ब्यवस्थापन समिति बेल्डाँगी र दमकले आन्दोलन चर्काउने बताएका हुन् । बेल्डाँगी शिविर दमकका क्याम्प ब्यवस्थापन सचिव टिकाराम रसाईलीले पटक पटक शान्तिपुर्ण अपिल गर्दा समेत सबन्धित निकायले चासो नदेखाएको भन्दै दुखेसो गरे । उनले भुटानी शरणार्थी समस्या समाधानमा पहल गरिदिन सबै पक्षसंग आग्रह गरे ।

उनका आनुसार स्वदेश फिर्ती, स्थानीयकरण, तेश्रो मुलुक पूर्नवास हुन चहानेलाई सहज रुपमा पूर्नवास गराईनु पर्ने, सरकारले माग पूरा गर्न नसक्ने भए आफूहरुका मुद्दा अन्तर्राष्ट्रियकरण गर्नु पर्ने र दर्ताविहीन शरणार्थीलाई दर्ता प्रक्रियामा लैजानु पर्ने माग रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार