आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला

आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ साउन २०७४
  • 7.3K
    Shares

पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग ५८ वर्षका लिलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

सोमबार साँझ खाना खाएर सुतेका कुँवर बिहान अबेरसम्म नउठेपछि घरधनी गुरुङले प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार