पोखरा साउन १२/ पोखरा १७ महतगौडामा रहेको जानकी आधारभूत सामूदायिक विद्यालयले दाताहरुले दिएको रकममा अनियमितता गर्ने गरेको रहस्य वाहिर आएको छ । स्थानिय लामातरा युवा क्लवले दिएको नगद सहयोग १० हजार रुपैया लिएर ८ हजारको मात्र भपाई दिएपछि यो रहस्य वाहिर आएको हेा ।
स्थानिय सचेत युवाहरु ले चासो व्यक्त गरेपछि ८ महिना पछि वल्ल दुई हजार रकम अन्यत्र खर्च भएको भन्दै प्र.अ.रघुनाथ शर्माले अपुष्ट जवाफ दिएपछि क्लवका प्रतिनिधि र सथानिय युवाहरुले अनियमितता गरेको आरोप लगाउदै सहयोग दिएको रकम फिर्ता मागेका छन् ।
सामाजिक सूचना समाजका अध्यक्ष दिपक आचार्यले भने यो एउटा सानो नमुना मात्र रहेको र अन्य क्षेत्रमा पनि अनियमितता हुन सक्ने भन्दै विस्तृत छानविनको माग गरे ।
ऐन संसोधन भएको १ वर्ष भइसक्दा पनि जानकारी आधारभूत विद्यालयले विद्यालय व्यवस्थापन समिति गठन गर्न सकेको छैन । समिति गठन नभएका कारण मनोमानी वढेको कतिपयले वताएका छन् । स्थायी र योग्य शिक्षकहरु हुादा हुदै पनि अस्थायी रघुनाथ शर्मालाई जानकी आधारभूत विद्यालयमा प्रअ वनाएको छ ।
जिल्ला शिक्षा कार्यालय कास्कीले पनि नियम विपरित खाता संचालनको अनुमती प्रदान गरेको छ । उक्त विद्यालयमा यस अघि पनि अख्तियार लगायतका राज्यका विभिन्न निकायले छानविन गर्दै आएको छ ।