भोटेकोसीमाथिको लार्चा पुल पहिरोले भाँचियो,तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

भोटेकोसीमाथिको लार्चा पुल पहिरोले भाँचियो,तातोपानीसँगको सडक सम्बन्ध विच्छेद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ साउन २०७४
  • 6.7K
    Shares

पोखरा/ आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित  भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ ।

फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो । पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो ।

२०७४ साउन ९ गते

प्रतिक्रिया
सम्बन्धित समाचार