आफुलाई मार्न चाहने नेताहरु अहिले पनि माओबादी केन्द्रभित्रै सकृय रहेको प्रचण्डको खुलासा

आफुलाई मार्न चाहने नेताहरु अहिले पनि माओबादी केन्द्रभित्रै सकृय रहेको प्रचण्डको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ साउन २०७४
  • 9.3K
    Shares

नेकपा माओबादी केन्द्रक अध्यक्ष एबम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफुलाई मार्न चाहने व्यक्तिहरु अझै पनि माओबादी केन्द्रभित्रै सक्रिय भएको र त्यो पनि पार्टीको केन्द्रीय सचिवालय बैठकमा सहभागी भएको खुलासा गरेका छन् l प्रचण्डले शनिबारको पार्टी बैठकमा यस्तो खुलासा गरेका हुन् l

प्रचण्डले शनिबारको बैठकमा व्यक्त गर्नु भएको अभिव्यक्ति उद्धृत गर्दै एक वरिष्ठ नेताले भने ‘प्रचण्डलाई मार्नुपर्छ, सिध्याउनुपर्छ भन्नेहरु पनि यही बैठकमा हुनुहुन्छ। यही रहेका साथीहरुले प्रचण्डले बिगार्यो , पार्टी सिध्यायो भन्नुहुन्छ l , आफूलाई मार्न चाहने नेताको नाम नबताएका प्रचण्डले अघि थपे, ‘यस्ता कुरा मैले बाहिर सुनेको होइन। मेरो भन्नु केही छैन। पार्टी मैले मात्र बिगारेको होइन, हामी सबै मिलेर बिगारेका छौँ,’

एक साता लामो बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो अभिव्यक्ति दिँदा नेताहरु हाँसेका थिए। अध्यक्ष प्रचण्डले १४ बुँदे लिखित प्रस्ताव पेश गर्दै बैठक समापन गर्नु भएको थियो। ती १४ बुँदे प्रस्तावलाई पनि बैठकले पारित गरेको थियो।

बैठकमा प्रचण्डले माओवादीका नेता कार्यकर्ता सामाजिक नभएको पनि बताउनुभयो। ‘चुनावमा भोट माग्दा श्रीमतीलाई पनि नमस्कार गर्नुपर्यो नि ! त्यो कला प्रयोग गर्नुपर्यो। चुनावी रणकौशल प्रयोग गर्नु पर्यो’ प्रचण्डले भन्नुभयो। तर माओवादी नेता कार्यकर्ताले त्यस्तो नगरको उहाँको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार