पर्यटकीय नगरी पोखराबाट चोरी भएका विभिन्न मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गर्न नसकेको अवस्थामा पोखरामा नै चोरीका मोटरसाइकलहरु सञ्चालन भईरहेको तथ्य तथ्य फेला परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले समातेको ग१३प ५८२५ नम्बरको बुलेट मोटरसाइकलका बारेमा अनुसन्धान गर्दै जाँदा प्रहरीले यस्तो तथ्य फेला पारेको हो ।
प्राप्त समाचार अनुसार, अनुसन्धानका क्रममा प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ बस्ने रामबहादुर गुरुङको नाममा रहेको सो मोटरसाइकल चोरीको भएको पाएपछिे अञ्चल यातायात व्यवस्था कार्यालय गण्डकी सवारी शाखाले सो बुलेट मोटरसाइकलको दर्ता दुई दिन अघि मात्र खारेज गरेको छ । सो मोटरसाइकल सोझै पोखरामा दर्ता भएको भने हैन । सरकारी कागजपत्र कीर्ते गरी उक्त मोटरसाइकल अञ्चल यातायात महाकाली महेन्द्रनगरमा गएको बैशाख १५ गते दर्ता भएको थियो । कर्मचारी समेतको मिलेमतोमा सरकारी कागज कीर्ते गरी दर्ता भएको सो मोटरसाइकललाई दुईहप्तापछि बैशाख २९ गते अञ्चल यातायात व्यवस्था कार्यालय धवलागिरी वागलुङमा ध१प ६४९६ नं. मा सरुवा सहमतिका आधारमा दर्ता भएको थियो । चोरीको मोटरसाइकल हो भनेर पहिचान हुन नसकोस् भनेर सवारी साधन चोरी गर्ने गिरोहले वागलुङबाट पनि सरुवा सहमति लिएर जेठ २६ गते यातायात व्यवस्था कार्यालय गण्डकीमा ग१३प ५८२५ नम्बरमा दर्ता गराएका थिए ।
अनुसन्धानका क्रममा उक्त बुलेट मोटरसाइकल चोरीको भएको खुलेपछि प्रहरीले कैलाली जिल्ला भजनी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३६ को गोकुलप्रसाद श्रेष्ठ र उनकी श्रीमती सुस्मिता बमलाई बुटवलबाट पक्राउ गरेको छ । उनीहरु दुवै जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरमा पठाएको छ भने थप अनुसन्धानका लागि चोरीको भनिएको सो बुलेट मोटरसाइकल पनि महेन्द्रनगर पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सरकारी कागज कीर्ते गरेर अञ्चल यातायात व्यवस्था कार्यालय महाकालीमा के कसरी सवारी दर्ता भयो र त्यस कार्यमा को कसको संलग्नता रहेको छ भन्ने बारेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायव उपरीक्षक डिएसपीको कमाण्डमा छानविन टोली तयार गरेर तदारुकताका साथ अनुसन्धान गरिरहेको प्रहरीको भनाई । यता पोखरामा पनि जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीका सवारी साधनका बारे छानविन गर्न एक टोली बनाएको बताइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार, गत आर्थिक बर्ष २०७३/७४ मा ३९ वटा मोटरसाइकल र स्कुटर हराएकोमा ६ वटा फेला परे । तर ती मोटरसाइकलहरु चोरी गर्ने गिरोहको प्रहरीले पत्तो समेत पाएको छैन ।
हराएका मोटरसाइकल मध्ये बजाज कम्पनीका पल्सरको संख्या अत्याधिक छ । अधिकांश मोटरसाइकल र स्कुटर पार्किङ गरेको स्थानबाटै हराएका छन् । त्यस्तै एकान्त तथा घर भित्रै राखेको अबस्थामा पनि चोरी भएका छन् । सुरक्षित स्थानमा पार्किङ नगर्नु, हृयाडिल लक नगरी हिड्नु, चाबी मोटरसाइकल वा स्कुटरमै छाडेर हिड्नाले पनि चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले मोटरसाइकल वा स्कुटर चोरी हुनबाट जोगाउन विभिन्न उपाय सुझाएका छन् । उनका अनुसार हृयडिल लक गर्ने, सुरक्षित स्थानमा पर्किङ गर्ने, रातीको समयमा राख्ने स्थान सुरक्षित बनाउने, घर भित्रको पार्किङमा पनि सकिन्छ भने सिसी क्यामेरा जडान गर्ने, पार्किङ गरेको अबस्थामा सवारीमै चावी छाडेर नहिड्ने तथा आफ्नो सवारीको नम्बर हेरेर मात्रै प्रयोग गर्ने गरेमा चोरीका घटनामा कमी आउन सक्छ । कतिपय अबस्थामा एउटै कम्पनी, कलर र लटका मोटरसाईकल एबं स्कुटर चाबी मिलेर आफ्नो ठानेर अर्कोले लैजाने गरेको समेत घटना भएका छन् । मोटरसाइकल वा स्कुटर हराएका मध्ये कतिपयलाई आˆनो सवारीको नम्बर समेत ख्याल नभएको पाइएको छ ।
वितेको ४ बर्षमा पोखराबाट सयभन्दा बढी मोटरसाइकल हराएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आर्थिक बर्ष २०७०/७१ देखि २०७३/७४ को अन्त्यसम्म एकसय १८ मोटरसाईकल र स्कुटर हराएको निवेदन दर्ता भएका छन् । तर यो अबधिमा हराएका मध्ये जम्मा २० वटा मात्रै फेला परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०/७१ मा ४७ वटा मोटरसाईकल तथा स्कुटर हराएकोमा १० वटा मात्रै फेला पर्यो । आर्थिक बर्ष ०७१/७२ मा २१ वटा हराएकोमा ३ वटा भेटियो भने आर्थिक बर्ष २०७२/७३ मा ११ वटा मोटरसाइकल हराएको निवेदन पर्यो । तर एउटा मात्रै भेटियो ।
गत आर्थिक बर्ष २०७३र७४ मा ३९ वटा मोटरसाइकल र स्कुटर हराएकोमा ६ वटा फेला परेको छ । हराएका मोटरसाइकल मध्ये बजाज कम्पनीका पल्सरको संख्या अत्याधिक छ ।
अधिकांश मोटरसाइकल र स्कुटर पार्किङ गरेको स्थानबाटै हराएका छन् । त्यस्तै एकान्त तथा घर भित्रै राखेको अबस्थामा पनि चोरी भएका छन् । सुरक्षित स्थानमा पार्किङ नगर्नु, हृयाडिल लक नगरी हिड्नु, चाबी मोटरसाइकल वा स्कुटरमै छाडेर हिड्नाले पनि चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।