
‘गाउँपालिकामा नीति तथा कार्यक्रम तयार गर्दा विपक्षी दललाई गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले उपेक्षा गरेकोले घोषण सभा वहिष्कार गरेका हौं’ नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णु बहादुर क्षेत्रीले भने । लोकतन्त्रको मान्यता अनुसार विपक्षी दलको भुमिका महत्वपूर्ण हुने भए पनि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष गुरुङले विपक्षी दललाई उपेक्षा गरेको उनको आरोप छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटको घोषणा सभामा विपक्षी दलका नेताहरुलाई साँची बस्न बोलाइकोले कार्यक्रम वहिष्कार गरिएको क्षेत्रीले बताए ।
नीति तथा कार्यक्रम र बजेट सर्वजनिक नीतिसंगत नभएकोले घोषण सभा वहिष्कार गरिएको एनेकपा माओवादीका माछापुच्छ्रे गाउँपालिका प्रमुख नवराज भण्डारीले बताए । पहिला नीति तथा कार्यक्रम सार्वजनिक गरेर बजेट पारित गर्नु पर्नेमा गाउँपालिका प्रमुख गुरुङले बजेट घोषणा गरेको कहि दिन पछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरेको नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाका नेता शिव अधिकारीले आरोप लगाए । अधिकारीका अनुसार गुरुङले असार २८ गते बजेट सार्वजनिक गरेका थिए भने ३१ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि सांसद सिता गिरीले कार्यक्रमको उद्घाटन गरेलगत्तै गाउँपालिका प्रमुख गुरुङले नीति तथा कार्यक्रम घोषणा मञ्चमा पुगे । त्यसलगत्तै काँग्रेस नेता क्षेत्री ले आफ्नो पार्टीले उक्त कार्यक्रमको वहिष्कार गरेको जानकारी गराउँदै मञ्चबाट बाहिरिय लगत्तै कार्यक्रममा उपस्थित काँग्रेसका अन्य नेता तथा कार्यकर्ता कार्यक्रमबाट बारिएको थिए । नेपाली काँग्रेसका तर्फबाट कार्यक्रम वहिष्कार गरेको घोषणा गरेपछि एनेकपा माओवादीका स्थानीय नेता तथा कार्यकर्ताहरु पनि कार्यक्रम वहिष्कार गरेको जानकारी गराउँदै बाहिरिएका हुन् ।