पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असार २०७४
  • 60.8K
    Shares

पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम गर्न १५ जनाको टोली चिनिया टोली पोखरा आई विमानस्थलको निर्माणको काम अगाडी बढाएका छन।

टोलीले अहिले विमानस्थलको निर्माणको काम अगाडी बढाएको छ । औपचारीक रुपमा भदौको दोस्रो साताबाट काम सुरु गर्ने भए पछि त्यसको तयारीका लागि चिनिया टोलीले अहिले पोखरामा काम गरिरहेको छ ।

मनसुनले असारमा धेरै काम गर्न नसकिने भन्दै चिनिया टोली पछि काम गर्न आउनेहरुलाई बस्नका लागि बासँको निर्माण गरीरहेको विमानस्थलका कामचारीले जानकारी दिएका छन् । शिलन्यास भएको एक वर्षपछि ऋणसम्झौता कार्यन्वयन भए पछि काम थाल्ने थियो ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थल निर्माणको ठेक्का पाएको चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी (सिएएमसी) को टोलीले गेष्ट हाउस तथा खानेपानीको व्यवस्था सुरु गरेको बताए । ‘आफ्नो बस्ने घर र खानेपानी लगायतको काम मनसुन अवधीमा गर्ने र भदौ दोस्रोसाता देखि विमानस्थल निर्माण कार्य सुरु गर्ने छन्,’ अधिकारीले भने ।

चार दशक अघि देखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्कीको छिन्नेडाँडामा निर्माण हुदै छ । चिनियाँ एक्जिमबैंकसंगको सहुलियतदरको ऋण लिएर नेपाल सरकारले विमानस्थल निर्माण गर्न लागेको हो ।

सरकारले एक्जिमबैंकसंग विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ मध्ये एक तिहाई रकममा विना व्याज र बाँकी रकम २ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ ।

निर्माण सुरु भएको चार वर्ष भित्र अर्थात आगामी सन् २०२० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा विमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरका उडान÷अवतरणहरु हुने गरि निर्माण गर्न लागिएको हो । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिइएको छ ।

एक्जिम बैंकको आर्थिक सहयोगमा यो विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीमात्र टेन्डर प्रक्रियामा सहभागी हुन पाउने प्रावधान तोकिएको थियो । यो विमानस्थल निर्माण इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) शैलीमा हुदैछ । यो प्रक्रियामा निर्माण कम्पनी आफैंले डिजाइन गरी निर्माण कार्यसमेत सम्पन्न गर्ने प्रावधान छ ।

नयाँ बन्ने विमानस्थलमा बोइङ–७५७, एयरबस–३२०, लगायतका जहाज अवतरण गर्न सक्नेछन । विमानस्थलको २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिजयुक्त भवन तथा कार्गो भवन निर्माण गरिनेछ । एरोब्रिज र कंक्रिटको धावनमार्ग बनाइने छ । विमानस्थलको लागि अझै ६ सय २९ रोपनी जग्गा अधिग्रहण गनुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार