स्कुलमा लागेको आगो नियन्त्रणमा,कपिलबस्तु नगरपालिकामा भएका दुईवटै दमकल वेकाम

स्कुलमा लागेको आगो नियन्त्रणमा,कपिलबस्तु नगरपालिकामा भएका दुईवटै दमकल वेकाम


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असार २०७४
  • 7.8K
    Shares

कपिलबस्तु । कपिलवस्तुको तौलिहवामा अवस्थित एच. डि. मेमोरियल स्कुलमा आज विहानदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

बिद्यालयमा परिक्षा चलिरहेको अवस्थामा विद्यालयसँगै जोडिएको विजुलीको खम्बामा विद्युत सर्ट भएर उक्त आगो लागेको थियो ।उक्त आगो अहिले नियन्त्रणमा आएको छ । आगोलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

विहान विद्यालयमा परिक्षा संचालन भइरहेको अवस्थामा एक्कासी आगलागी भएको हो । आगलागी भएको समाचार पाएलगत्तै दुईवटा दमकलहरु घटनास्थलमा पुगेको भएपनि एउटामा पानी नभएकोले पुनः पानी लिन फर्कियो भने अर्काेलाई चलाउनका लागि दक्ष प्राविधिक नभएपछि स्थानीयको पहलमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको थियो।

कपिलबस्तु नगरपालिकामा भएका दुईवटै दमकल वेकामका भएका छन् । घटनामा अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार