०४९ मा जनमोर्चा, ५४ मा एमाले , ७४ मा माओवादीबाट जनप्रतिनिधि

०४९ मा जनमोर्चा, ५४ मा एमाले , ७४ मा माओवादीबाट जनप्रतिनिधि


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असार २०७४
  • 8.6K
    Shares

दाङ बंगलाचुलीका गाउपालिकाका अध्यक्षमा निर्बाचित भएका भक्तबहादु वली तेस्रो पटक स्थानीय जनप्रतिनिधि बन्न सफल भएका छन् । यस अघि तीन फरक फरक पार्टीबाट स्थानीय चुनाबमा होमिएका वलीलाई तीनै पटक त्यहाँका मतदाताले निर्बाचित गराएका छन् ।

यसपटक माओवादी केन्द्रको तर्फबाट गाउपालिकाका एक्ला अध्यक्ष बन्न सफल भएका वलीले त्यहाँको बिकास र समाजको हितका लागि देखाएको क्रियाशिलताले जनताले पटक पटक निर्बाचित गराउदै आएका छन् । वली यस अघि संयुक्त जनमोर्चा र एमालेबाट साबिक लोहारपानी गाबिसको अध्यक्षमा निर्बाचित हुन सफल भएका थिए ।

यस पटक पनि वली माओवादी केन्द्रको तर्फबाट स्युजा, काभ्रे, लोहारपानी र हाँसिपुर गाबिस गाभेर बनाईएको बंगलाचुली गाउपालिकाको अध्यक्षमा निर्बाचित हुन सफल भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वण्द्वी नेपाली काग्रेसका भोजराज पाण्डेलाई ५ सय भन्दा बढि मत अन्तरले पछि पार्दै बिजय भएका हुन् ।

वलीले ३ हजार ३ सय ५२ मत ल्याएर बिजय भएका थिए भने उनका निकटतम प्रतिद्वण्दी काग्रेसका भोजराज पाण्डेले २ हजार ५ सय १५ मत ल्याएका थिए । यस अघि दुई पटक साबिक लोहारपानी गाबिसको अध्यक्ष हँुदा गरेको कामको प्रतिफल स्वरुप वली यस पटक पनि जनप्रतिनिधि बन्न सफल भएका छन् ।

स्थायी शिक्षकबाट राजिनामा दिएर राजनीति शुरु गरेका उनी २०४९ सालको स्थानीय चुनाबमा संयुक्त जनमोर्चा र २०५४ सालमा एमालेबाट जनप्रतिनिधि भएका थिए । २०३२ साल देखी मोटो मसालबाट राजनीति शुरु गरेका वलीले २०४९ सालमा संयुक्त जनमोर्चाबाट लोहारपानी गाबिसको अध्यक्षमा टिकेट पाएका थिए र निर्बाचित पनि भए ।

उनले ५ बर्ष सम्म गाबिस अध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गरे । उनको ५ बर्षे कार्यकाल पुरा भएसंगै एमालेको राजनीति शुरु गरे । २०५४ सालको स्थानीय चुनाबमा एमालेकै तर्फबाट वली पुनः वडा अध्यक्ष हुने अबशर प्राप्त गरे र निर्बाचित पनि भए । गाबिसको अध्यक्षमा निर्बाचित भएको एक बर्ष पछि उनले सक्रिय रुपमा माओवादीको राजनीति शुरु गरे ।

२०५५ साल देखी सक्रिय रुपमा निरन्तर माओवादीले थालेको जनयुद्ध र बिभिन्न आन्दोलनमा सहभागी भएका उनी यसबीचमा माओवादीको एरिया अध्यक्ष, गाउकमिटि अध्यक्ष हुँदै २०६४ र ०७० सालको संबिधान सभाको चुनाबमा निर्बाचन परिचालनमा अहम भुमिका निर्बाह गरेका थिए । उनले माओवादीको मुलधारको राजनीतिमा सक्रिय भएर गरेको योग्दान स्वरुप २०७४ सालमा ( भखरै ) सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा पुनः गाउपालिकाको अध्यक्षमा टिकेट पाए र बिजय पनि भए ।

उनी दाङमा माओवादी केन्द्रबाट निर्बाचित भएका एक्ला गाउपालिका अध्यक्ष हुँन् । २०४९ सालमा प्राबि कुदुले लोहारपानीको प्रधानध्यापक बाट राजिनामा दिएर राजनीति शुरु गरेका वली बनारसबाट आईए पास गरेका छन् । बंगलाचुली गाउपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै यमुना घर्ती बिजय भएकी छिन् ।

माओवादी केन्द्रको तर्फबाट गाउपालिकाको उपाध्यक्षमा बिजय हुने उनी एक मात्र उम्मेदवार हुन्, उनले ३ हजार ३ सय ७१ मत ल्याएकी थिईन् । माओवादी केन्द्रले बंगलाचुली गाउपालिका बाहेक अन्य कुनै पनि पालिकामा बिजय हाँसिल गर्न सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार