काठमाडौं ।नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह लाई करिब २ करोड ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।
जापान र अमेरिका पठाइदिन्छौं भनेर १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले बुधबार शाहसहित चार जनालाई पक्राउ गरिएको एसएसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।
जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै प्रहरीमा उजुरी परेको छ । अहिलेसम्म १ करोड ९७ लाख ठगी भएको उजुरी परेको छ तर, अरु पनि हुनसक्ने प्रहरीको आशंका छ ।
ठगी भएका अधिकांश युवायुवती सल्यानका छन् र, ऋषिकेश जंग शाह पक्राउ परेको खबर पाएपछि उनीहरु अहिले पनि दैनिकजसो महानगरीय प्रहरी अपराध महाशाखामा धाउने परेका छन् ।नेविसंघ पूर्वउपाध्यक्ष शाह पनि सल्यानकै हुन् ।