राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिकास्थित एक होटलमा गएराति विद्युत सर्ट भई आगलागी भएको छ ।
कञ्चनरुप–२ बरमझियास्थित चुनचुन साहको होटलमा शनिबार राति भएको आगलागीले होटलमा रहेको फ्रिज, खाधान्न, लताकपडा गरी अन्दाजी एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी र स्थानियवासीले नियन्त्रणमा लिएका थिए ।