हेलिकप्टर खर्च नहुँदा सुत्केरी बेथाले थलिएकी लामाको उद्धार हुनसकेन

हेलिकप्टर खर्च नहुँदा सुत्केरी बेथाले थलिएकी लामाको उद्धार हुनसकेन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असार २०७४
  • 12.9K
    Shares

गोरखा/ शुक्रबारदेखि सुत्केरी बेथाले थलिएकी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी ३५ वर्षीया छोर्तेङ लामाको उद्धार हुनसकेको छैन । घर नजिक स्वास्थ्य संस्था नभएको र प्रसूति सेवाका लागि गोरखा सदरमुकाम वा काठमाडौँका अस्पताल पुर्‍याउनुपर्ने अवस्था रहेपनि हेलिकप्टरको खर्च तिर्नसक्ने परिवारको अवस्था नभएकाले लामाको उद्धार नभएको हो ।

चुम्चेत घर भई काठमाडौँ रहेका धावा ग्याल्जेन लामाले भने, ‘गर्भवती महिलाको अवस्था चिन्ताजनक छ । म हेलिकप्टरको खोजीमा लागिपरेको छु ।’ ‘सुत्केरी बेथा लागेपनि छोर्तेङले बच्चा जन्माउन सकेकी छैनन्’ लामाले भने ‘बच्चा आधा मात्रै जन्मिएको छ भन्ने खबर छ । बच्चा बचाउन नसकिए पनि आमा बचाउन पाएहुन्थ्यो ।’

सुत्केरी बेथाले थलिएकी लामाको परिवारसँग जम्मा रु ३० हजार रुपैयाँ मात्रै छ । तर, हेलिकप्टर चार्टर गर्न कम्तीमा दुई लाख लाग्छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले सुत्केरी बेथाले थलिएकी लामाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरिएको भन्दै हेलिकप्टर खर्च कार्यालयबाट व्यवस्था गरिने जानकारी दिए । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार