महेन्द्रनगर बजार नजिकै भृकुटी उमावि मतदान स्थलमा बम विष्फोट

महेन्द्रनगर बजार नजिकै भृकुटी उमावि मतदान स्थलमा बम विष्फोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 13.8K
    Shares

महेन्द्रनगर: कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको बजार क्षेत्रमै बम विष्फोट भएको छ। महेन्द्रनगर बजार नजिकै रहेको भृकुटी उमावि मतदान स्थल नजिकै बम विष्फोट भएको हो।

मतदाताहरु मतदान केन्द्रमा लाईनमा रहेर मतदान गरिरहेकै वेला ५० मिटरको फरकमा खुल्लामञ्चको शौचालयको भित्र राखिएको बम विष्फोट भएको हो।

महेन्द्रनगरको विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ। बम विष्फोट भएको केहिबेर अघि एकजना युवक उक्त शौचालयबाट बाहिरिए लगत्तै विष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनी त्यही नजिकबाट मोटरसाईकल चढेर गएको बताईएको छ । मतदातालाई आतंकित पार्नका लागि उक्त बम विष्फोट गराएको हुन सक्ने बुझिएको छ ।

बम विष्फोट भएको २० मिनेट भइसक्दा समेत त्यहाँ सुरक्षाकर्मीहरुको उपस्थिती भएको थिएन्। यसअघि सुरक्षा निकायले सबै क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको बताएपनि महेन्द्रनगर बजारको नजिकै बम विष्फोट हुदा पनि सुरक्षाकर्मीहरु पुग्न सकेका थिएनन्। विष्फोट भएको ठाउँ जिल्ला प्रहरी कार्यालयदेखी २ सय ५० मिटरको दुरीमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार