मोरङको इलाका प्रहरी कार्यालय नेमुवा नजिकै बम फेला

मोरङको इलाका प्रहरी कार्यालय नेमुवा नजिकै बम फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 11K
    Shares

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय नेमुवा नजिकै मंगलबार विहान बम फेला परेको छ । बुढीगंगा-४ मा रहेको प्रहरी कार्यालयबाट लगभग २० मिटरको दूरीमा कोसीराजमार्गको पूर्व पट्टी बम फेला परेको हो ।

प्रहरीले कुन बम हो भनेर खुलाएको छैन । बम नेपाली सेनाले निस्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरीले भने कुनै पनि क्षति पु¥याउने खालको नभइकन त्रसित बनाउनका लागि मात्रै बम राखिएको जनाएको छ ।

बम राख्नेको खोजी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्नेले आतंक सिर्जना गर्न खोजेको दावी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार