विराटनगर – मोरङको उर्लावारी नगरपालिकाको कांग्रेसका मेयर उम्मेदवार खड्ग फागोको घर अगाडि विहान बम बिष्फोट भएको छ । विहान करिव २ बजेतिर फागोको घरमा बम बिष्फोट भएको मोरङ प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, उर्लावारीका इन्सपेक्टर चन्द्रवहादुर थापाले बम बिष्फोट गराउनेको खोजी र अनुसन्धान भइरहेको बताए । ‘आंतक श्रृजना गर्न प्लास्टिकको जारमा बिष्फोटक पदार्थ राखेर पड्काइएको देखिन्छ,’ इन्सपेक्टर थापाले भने, ‘बम बिष्फोट गराउनेको पहिचान हुन सकेको छैन ।’
मोरङकै कानेपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार तारावहादुर काफ्लेको घरमा पनि अज्ञात समूहले बम राखेको थियो । नेपाली सेनाले रमाइलोस्थित उनको घरमा राखिएको बम निष्कृय पारेको थियो । विराटनगर महानगरपालिकाको कञ्चनबारी चोकमा पनि आइतवार भेटिएको शंकास्पद बस्तु सेनाले निष्कृय पारेको हो ।