विचार आस्थाकै आधारमा विप्लपका कार्यकर्ताहरु घमाधम प्रकाउ

विचार आस्थाकै आधारमा विप्लपका कार्यकर्ताहरु घमाधम प्रकाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असार २०७४
  • 9.4K
    Shares

धनकुटा/ स्थानीय तह निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले विचार आस्थाकै आधारमा धनकुटाका विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । चार जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

यसक्रममा मंगलबार राति हिले बजारबाट उक्त पार्टीका युवा संगठनका सदस्य कर्ण ज्ञवालीलाई नियन्त्रणमा लिइएको छ । यसअघि उक्त समूहका जिल्ला इन्चार्ज आकाश शर्मासहित जिल्ला सदस्य राजन अधिकारी र रणबहादुर राईलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए ।

पक्राउ परेका अधिकारीले प्रयोग गर्ने मोटरसाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार