एयरबस जहाज खरिद गर्न ऋण सम्झौता

एयरबस जहाज खरिद गर्न ऋण सम्झौता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ जेष्ठ २०७४
  • 9.6K
    Shares

काठमाडौ : नागरिक लगानी कोष र नेपाल बायु सेवा निगम वीच वाईडबढी एयरबस जहाज खरिद गर्न ऋण सम्झौता भएको छ ।

कोषले एउटा वाइड बडी एयरवस खरिद गर्न ऋण दिने सम्झौता गरेको छ । सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिन लागेको हो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । त्यसैगरी जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ ।

उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरेको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृदि, रोजगारी सिर्जना,पर्यटन क्षेत्रमा थप बिकास हुने आशा कोषले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार