मुग्लिन–नारायणगढ सडक आइतबारदेखि दैनिक पांच घण्टा बन्द हुने

मुग्लिन–नारायणगढ सडक आइतबारदेखि दैनिक पांच घण्टा बन्द हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८३
  • 1.1K
    Shares

काठमाण्डौ, १२ मंसीर २०८३ ।

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आइतबारदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द गरिने भएको छ ।

पहिरो रोकथामको काम गर्न भन्दै मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी आवागमन बन्द गरिने भएको हो ।

विगतमा केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामको काम अघि बढाउन लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस अवधिमा सबै प्रकारका गाडीको आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । यस अवधिमा काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा ओहोरदोहोर गर्ने गाडी आवागमन भने नरोकिने प्रशासनले जनाएको छ । प्रशासनले यात्रु तथा गाडी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार