सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जुम्लाबाट झाँक्री पक्राउ

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जुम्लाबाट झाँक्री पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८३
  • 1.5K
    Shares

झारफुक गर्ने काम गर्दै आएका एक जना झाँक्री जुम्लाबाट पक्राउ परेका छन्।

झारफुक गरेर निको पार्ने भन्दै १४ वर्षीया बालिकामाथि गरिएको अत्याचारको भिडियो भाइरल भएपछि ४६ वर्षीय झाँक्री कालीबहादुर रोकाया पक्राउ परेका छन्।

झाँक्री रोकायाले झारफुक गरी निको पार्ने भन्दै जुम्लाको गुठिचौर गाउँपालिका–१ निवासी अन्दाजी १४ वर्षीया बालिकालाई अत्याचार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

प्रहरीका अनुसार २०८३ मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई उनको आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका रोकायालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, जुम्ला ल्याइएको प्रहरीले जनाएको छ।

घटनाको वास्तविकता तथा यससँग सम्बन्धित अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार