काठमाण्डौ, ११ मंसीर २०८३ ।
प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गरेर स्वदेश फर्किए लगत्तै नेपाली राजनीतिकवृत्तमा बिभिन्न शंका -आशंकाहरु मच्चिरहेका बेला आज रास्ट्रपति भवन शीतलनिवासमा राजनीतिक भेटवार्ताले तीब्रता पाएको छ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रबि लामिछानेले रास्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। लामिछानेले राष्ट्रपति पौडेललाई भेटेर फर्किए लगत्तै प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । भारत भ्रमण जाँदा कुनै जानकारी नदिई भारत पुगेका प्रम बालेन शाह आज भने राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे ।
भारत भ्रमणबारे ब्रिफिङ गर्न शाह राष्ट्रपतिसँग भेट्न लागेका हुन्। शाह मंसिर ६ गते दुई दिने राजकीय भ्रमणमा भारत गएका थिए। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेट गरेका थिए।
यसअघि आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका छन्। आधा घण्टा भएको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिबारे कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
बिहीबार शाह र लामिछानेबीच बुढानिलकण्ठमा ५ घण्टा छलफल भएको थियो।
यद्यपि, शाहले भ्रमणअघि र पछि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेको चर्चा छ।
यसैबीच, सरकारले कात्तिक १७ गते सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपतिले अझै जारी गरेका छैनन्। प्रेस काउन्सिल ऐन संशोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी ऐन संशोधनका अध्यादेश होल्डमा छन्।