काठमाण्डौ, २७ कार्तिक २०८३।
नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ ७८ पैसा छ। हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।
अन्य विदेशी मुद्राको विनिमयदर भने लगातार दोस्रो दिन घटेको छ।
आज युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा छ। हिजो बिहीबार युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो।
यस्तै यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा लगातार दोस्रो दिन घटेको छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा तोकिएको छ। हिजो बिहीबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।
बाँकी मुद्राको विनिमयदर सूचीमा हेर्नुहोस्
