बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु, चार जना घाइते

बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ कार्तिक २०८३
  • 1.3K
    Shares

पोखरा, २५ कार्तिक २०८३।

बर्दियामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्.

बर्दियाको बाँसगढी नगरपालिका ५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा मंगलबार दिउसो करीब २क बजे भे ५ प ९१६१ र भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा एकजनाको मृत्यु भएको हो भने चार जना घाइते छन्।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका बर्दिया गुलरिया नगरपालिका ११ बस्ने २४ वर्षीय ओमकार थारुको उपचारका लागि भारतको लखनउतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइ बस्ने १८ वर्षीय सहाबुदिन खान, सोही मोटरसाइकलमा पछाडि सवार भारतको लौकाइ बस्ने २०/२२ वर्षीय जमाल खान, भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बर्दिया बारबर्दिया नगरपालिका ३ बानियाभार बस्ने २५ वर्षीय आशिष थारु गम्भीर घाइते भएका छन्। सामान्य घाइते भएका बर्दिया बाँसगढी नगरपालिका ७ बस्ने १८ वर्षीय रमन थारु उपचार पछि घर फर्किसकेका प्रहरीले बताएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार