कपिलवस्तु, २४ कार्तिक २०८३।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।
तौलिहवाबाट बहादुरगञ्जतर्फ गइरहेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदल हिँडिरहेका वृद्धको मृत्यु भएको हो।
उक्त दुर्घटनामा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगरका ७ वर्षीय लखन अहिरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ। तर चालक भने घटनास्थलबाट फरार रहेका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।