घोप्टेभीरको सुख्खा पहिरो हटाइयो : मलेखु–मुग्लिङ सडक पुनः सञ्चालनमा

घोप्टेभीरको सुख्खा पहिरो हटाइयो : मलेखु–मुग्लिङ सडक पुनः सञ्चालनमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०८३
  • 1.3K
    Shares

काठमाडौं, २४ कार्तिक २०८३।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्डमा खसेको सुख्खा पहिरो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको छ ।

घोप्टेभीरमा गएराति करिब ११ बजे खसेको पहिरोका कारण अवरुद्ध सडक सुख्खा पहिरो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार पहिरो हटाएसँगै सडकमा यातायात सञ्चालन गरिएको छ ।

राति नै पहिरो खसेपछि राजमार्गमा यात्रा गरिरहेका यात्रुहरू अलपत्र परेका थिए । यसअघि सोमबार पनि सोही सडकखण्डमा पहिरो खसेको थियो । उक्त पहिरो हटाउन करिब ९ घण्टा लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार