रसुवाको स्याफ्रुबेँसीमा काठेपुल पुनः निर्माण, आवतजावत सहज

रसुवाको स्याफ्रुबेँसीमा काठेपुल पुनः निर्माण, आवतजावत सहज


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०८३
  • 323
    Shares

रसुवा, २५ कात्तिक २०८३।

रसुवाको स्याफ्रुबेँसीमा भोटेकोशी बाढीले बगाएको काठेपुल तीन दिनको प्रयासपछि पुनः निर्माण भई सञ्चालनमा आएको छ।

गत कात्तिक १४ गते स्याफ्रुबेँसी खोलाको पुल बाढीले बगाएको थियो। गोसाइँकुण्ड गाउँपालिका–५ मा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनः बनाइएको हो।

पुल निर्माणमा नेपाल रेडक्रस, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले श्रमदान गरेका थिए।

यसअघि गत भदौ १० गतेको बाढीले पक्की पुल र सडक बगाउँदा रसुवाको उत्तरी भेगको यातायात ठप्प भएको थियो। अस्थायी काठेपुल पनि कात्तिक १४ मा बगेपछि गोसाइँकुण्ड र आमाछोदिङ्मोका बासिन्दाले ठूलो सास्ती खेपेका थिए।

पुल पुनः बनेपछि दुवै गाउँपालिकाका बासिन्दा र यात्रुलाई पैदल आवतजावतमा राहत मिलेको आमाछोदिङ्मो–५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार