रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १३ घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १३ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८३
  • 266
    Shares

रुकुम पश्चिम, २४ कात्तिक २०८३।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

मिति २०८३ कात्तिक २३ गते दिउँसो १२:०० बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त जीप आठबिसकोट नगरपालिका–४ बस्ने वर्ष २५ का प्रदिप विकले चलाएका थिए ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ बस्ने वर्ष १० का हरिबहादुर थापा र वर्ष २९ का लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेहरूको विवरण

गम्भीर अवस्थाका ६ जना

  • वर्ष १९ की जुना कुमारी थापा
  • वर्ष ३५ का वीरबहादुर थापा (गाडी साहु)
  • वर्ष २३ की सीता थापा
  • वर्ष २३ की जुनि थापा
  • वर्ष ८ का युवराज थापा
  • वर्ष ४ की विरता थापा

मध्यम अवस्थाका २ जना

  • वर्ष २५ की हिरा थापा
  • वर्ष २ का गौरव थापा

सामान्य अवस्थाका ५ जना

  • वर्ष २३ की सुशिला थापा एरी
  • वर्ष २८ की भावना थापा एरी
  • वर्ष २७ की खिममाया थापा
  • वर्ष २० की रमिता एरी
  • वर्ष १९ की निर्मला एरी

घाइतेमध्ये सामान्य तथा मध्यम अवस्थाका ६ जनालाई दिउँसो १३:२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ भने अन्य घाइतेलाई उपचारका लागि पठाउने पहल भइरहेको छ ।

घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको छ । दुर्घटनापछि चालक फरार रहेकाले खोजतलास भइरहेको छ भने जीप घटनास्थलमै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार