भारतीय प्रेमीसँग मिलेर गएराती मोरङमा श्रीमानको हत्या : दुवै जना पक्राउ

भारतीय प्रेमीसँग मिलेर गएराती मोरङमा श्रीमानको हत्या : दुवै जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८३
  • 1.3K
    Shares

मोरङ, २४ कात्तिक २०८३।

भारतीय प्रेमीसँग मिलेर गएराती मोरङमा श्रीमानको हत्या भएको छ।

मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा ४० वर्षीय बुधराम सोरेनको आइतबार राति नौ बजेतिर उनकै श्रीमतीले प्रेमीसँगको मिलेमतोमा हत्या गरेकी हुन्।

गएराती सोरेनको श्रीमती ३५ वर्षीया श्रीमती कमली बास्के र उनको भारतीय प्रेमी भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनील मिश्रले टाउकोमा फलामको रड प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

एसपी कटवालका अनुसार कमली र भारतीय नागरिक सुनीलबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रेम सम्बन्धबारे बुधरामले थाहा पाएपछि दुवैले योजना बनाएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रेमी-प्रेमिका दुबैलाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ। विवाहेत्तर सम्बन्धकै कारण योजनाबद्ध रूपमा हत्या गरिएको निष्कर्ष निकाल्दै प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार