बालेन शाह र रबि लामिछानेबीच मतभेद , सुदन गुरुङ “अचम्म” मा

बालेन शाह र रबि लामिछानेबीच मतभेद , सुदन गुरुङ “अचम्म” मा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०८३
  • 1.2K
    Shares

काठमाण्डौ, २० कार्तिक २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पार्टीभित्रका साना-तिना कुराहरुले पार्टी विभाजित नहुने पटक – पटक बताइरहेको भए पनि त्यस पार्टीभित्र ठुलो मतभेद देखिएका तथ्यहरु सार्वजनिक हुन थालेका छन।

पछिल्लो समयका पार्टीभित्रका शिस्र्शस्थ नेताहरुका अभिव्यक्तिहरु हेदा रास्वपमा ठुलै मतभेदहरु रहेका स्पस्ट हुन थालेको छ ,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सरकारले आइजीपी दानबहादुर कार्कीलाई हटाउनुको कारण खुलाउनु पर्ने अभिव्यक्ति दिए लगत्तै प्रधानमन्त्री बालेन शाहले त्यसको प्रतिबाद गरेका छन्।

बुधबार सरकारले आईजीपी दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेपछि लामिछानेले बिहीबार चितवनमा सुरक्षा निकायको हेरफेर संवेदनशील विषय भएको भन्दै सरकारले यसको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए। उनले पार्टीले सरकारका सबै निर्णयमा होमा हो नगर्ने र चेक एन्ड ब्यालेन्स गर्ने बताएका थिए।

प्रवक्ता जगदीश खरेललगायत रास्वपाका नेताहरूले पनि आईजीपी फेर्ने निर्णय पार्टीसँगको छलफलबाट नभएको बताएका छन्।

यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शाहले गएराति फेसबुकमार्फत जवाफ दिएका छन्। उनले आफ्नो सरकार देश जोगाउनतर्फ लागेको दाबी गर्दै लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्। फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’

प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आईजीपी हटाउने विषयमा मतभेद देखिएको छ।

पार्टी प्रमुख र सरकार प्रमुख बीच मतभेद भएको तथ्यहरु सार्वजनिक भैरहंदा गृहमन्त्री सुदन गुरुङ भने अचम्मित भएको बताइरहेका छन। उनले सामच्जिक संजाल फेसबुकमा लेखेका छन् “अचम्म”

प्रतिक्रिया
सम्बन्धित समाचार