चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 1.7K
    Shares

काठमाण्डौ, १९ कार्तिक २०८३।

आउँदो शुक्रबारदेखि रिलिज हुने भनिएको चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

बाँकेका सिडिओ दिलकुमार तामाङले गृह मन्त्रालयमा चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शन रोक्न पत्राचार गरेकोमा सोही पत्रका आधारमा गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई चलचित्र प्रदर्शन रोक्न निर्देशन दिएको हो।

महाभारतको गलत व्याख्या र द्रौपदीलाई आइटम गीतमा नचाएको भन्दै सामाजिक सञ्जालमा विवाद भएपछि प्रदर्शन रोक्न दबाब परेको हो। यद्यपि चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाइसकेको छ।

निर्माण टिमले यो अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश भएको भन्दै तोकिएकै मितिमा रिलिजका लागि सरकारसँग वार्ता गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार