पोखराका युवा नियन्त्रित लागूऔषधसहित तनहुँमा पक्राउ

पोखराका युवा नियन्त्रित लागूऔषधसहित तनहुँमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८३
  • 1.3K
    Shares

तनहुँ, १६ कार्तिक २०८३ ।

नियन्त्रित लागूऔषधसहित पोखराका एक युवा तनहुँमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१८ घाँटीछिना बस्ने, वडा नं. २३ घर भएका ३६ वर्षीय दिपु क्षेत्री रहेका छन्।

क्षेत्रीलाई तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मुग्लिन पुलजिपस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। उनको साथबाट फेनारगन दुईसय एम्पुल, डाईजेपाम दुईसय एम्पुल र नोर्फिन दुईसय एम्पुल समेत बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।

प्रहरीका अनुसार सोमबार बिहान नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८८८९ नम्बरको माइक्रोमा सवार उनलाई चेकजाँचका क्रममा उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेटाले तयार पारेको सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार