३० यात्रुसहित तमोर करिडोरको नावा खोलामा फंसेको बसको उद्धार

३० यात्रुसहित तमोर करिडोरको नावा खोलामा फंसेको बसको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०८३
  • 1.4K
    Shares

काठमाडौं, १४ कार्तिक २०८३।

३० यात्रुसहित तमोर करिडोरको नावा खोलामा फंसेको बसको उद्धार गरिएको छ।

प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको ताप्लेजुङबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको यात्रुबाहक बस तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमामा पर्ने नावा खोलामा फंसेपछि जेसीबीको सहायताले बसमा सवार ३० जना यात्रुलाई सकुशल उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, निरन्तरको वर्षापछि खोलामा बाढी आईरहेका बेला बाढीकै बीच जोखिम मोलेर खोला तर्न खोज्दा बस बीच खोलामा फंसेपको थियो । बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए। उक्त बस पनि जेसीबीको सहायताले नै निकालिएको छ।

बिहीबार बिहानैदेखि परेको वर्षाका कारण नावा खोलासहित आसपासका खोलामा पानीको सतह बढेको छ। खोलामा बहाव उच्च भएपछि तमोर करिडोर सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा, पाँचथर, तेह्रथुम हुँदै हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको तमोर करिडोरमा नावा खोलामा अझै पक्की पुल नबन्दा हरेक वर्षायाममा यस्तो समस्या दोहोरिँदै आएको छ। पुल निर्माणको ठेक्का लागे पनि पटक-पटक म्याद थप हुँदा समेत निर्माण सम्पन्न हुन नसक्दा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार