पोखरा , ६ कार्तिक २०८३ ।
पोखराबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषधसहित एक जना फार्मेसी सञ्चालिका पक्राउ परेकी छिन्।
पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे फार्मेसीकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गाना ठूलो मात्रामा प्रतिबन्धित लागू औषधसहित एक जना फार्मेसी सञ्चालिका पक्राउ परेकी हुन् । उनलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बिहिबार साँझ करिब ७ बजे विभिन्न प्रकारका प्रतिबन्धित लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीले उनको साथबाट कोडिन (कोडिप–पी) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरेको जनाएको छ।
बरामद लागू औषधसहित ढुङ्गानालाई नियन्त्रणमा लिएर लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।