रवि लामिछाने अचानक किन जाँदैछन्, भारत ?

रवि लामिछाने अचानक किन जाँदैछन्, भारत ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८३
  • 703
    Shares

काठमाडौं, ६ कार्तिक २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि शुक्रबार भारत जाँदैछन्।

सभापति लामिछाने कात्तिक ६ गतेदेखि भारत भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

सभापति लामिछाने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत भ्रमणमा जान लागेको उनको सचिवालयले एक सार्वजनीक सूचना जारी गर्रेर जानकारी दिएको छ ।

निर्धारित कार्यक्रमअनुसार लामिछाने परिवारसहित धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्नेछन्।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने निजी सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार