झापामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, स्कुटरचालक घाइते

झापामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, स्कुटरचालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०८३
  • 19
    Shares

झापा, २५ असोज २०८३ ।

झापामा शनिबार साँझ ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

दुर्गापुरस्थित सहिद गेटअगाडि लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४८०० नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको कोशी प्रदेश ०१–०२० प ९८७ नम्बरको स्कुटरलाई शनिबार साँझ करिब ५ः४५ बजे झापाको कनकाई नगरपालिका–१ दुर्गापुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ठक्कर दिंदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो भने अर्की महिला घाइते भएकी छन्।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी स्कुटरको पछाडि सवार दमक नगरपालिका–१२ निवासी ३४ वर्षीया अम्बिका लावतीलाई तत्काल उपचारार्थ बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले जाँचपछि मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनाम घाइते भएकी स्कुटर चालक कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया अमृता थापा मगरको बीएण्डसी अस्पताल उपचार भैरहेको र उनको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक, स्कुटर र ट्रक चालक इलाम नगरपालिका–१० निवासी ३६ वर्षीय छविकुमार मगरलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार