ककरोचको आन्दोलनमा सहभागी बलिउड अभिनेता इमरान खान गर्लफ्रेन्डसहित गिरफ्तार

ककरोचको आन्दोलनमा सहभागी बलिउड अभिनेता इमरान खान गर्लफ्रेन्डसहित गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०८३
  • 532
    Shares

पोखरा, २६ असोज २०८३।

भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बलिउड अभिनेता इमरान खान गर्लफ्रेन्डसहित गिरफ्तार भएका छन्।

ककरोच आन्दोलनको समर्थमा शनिबार मुम्बईको अगस्ट क्रान्ति मैदान पुगेका अभिनेता खानलाई प्रहरीले गर्लफ्रेन्डसहित गिरफ्तार गरेको हो ।

अभिनेता खान आफ्नी प्रेमिका लेखा वासिङ्टनसँगै विरोध प्रदर्शनमा भाग लिन पुगेका थिए। जहाँ प्रहरीले उनीहरूसहित चार सय भन्दा बढी मानिसलाई हिरासतमा लिएको छ।

पक्राउ पर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै अभिनेता इमरान खानले भनेका थिए, ‘मेरो कुनै माग छैन। म यहाँ एक नागरिकको रूपमा यस शहरमा बस्ने व्यक्तिको रूपमा आएको हुँ। म मानिसहरूको आवतजावतको स्वतन्त्रता किन प्रतिबन्धित भइरहेको छ र मानिसहरूको आवाज किन दबाइएको छ भनेर हेर्न आएको हुँ। त्यसैले म यहाँ छु।’

उनले अगाडि भनेका थिए, ‘म कसैको कुनै माग गर्ने स्थितिमा छैन, न त म कुनै संगठनको सदस्य नै हुँ।’

प्रतिक्रिया
सम्बन्धित समाचार