दाङमा प्रहरीलाई ठुलो सफलता,विप्लव समुहले बनाउन दिएका हातहतियार बरामद

दाङमा प्रहरीलाई ठुलो सफलता,विप्लव समुहले बनाउन दिएका हातहतियार बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० जेष्ठ २०७४
  • 15.9K
    Shares

दाङमा प्रहरीले ठुलो मात्रामा हातहतियार बरामद गरेको छ । इप्रकाका तुलसीपुरले तुलसीपुर ४ सीमखोलीका बिक्रम कामीको घरबाट ४ थान कटुवा पेस्तोल,२ थान भरूवा बन्दुक,९ वटा ईन्सास राइफलमा प्रयोग हुने गोली,एउटा एसएलआरको गोली,२ किलो बारूद,१७ वटा भरूवा बन्दुकको नाल, भरूवा बन्दुकमा प्रयोग गरिने ७ वटा स्पिरिङ र पाइप बम बनाउन प्रयोग गरिने एक थान पाइप बरामद भएको इप्रका तुलसीपुरले जनाएको छ ।

हातहतियार बनाउने बिक्रम कामीलाई पनि नियन्त्रणमा लिइएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कामीले घरमा हातहतियार बनाउने गरेको विशेष सुचना पाएपछि उनको घरमा छापा मार्दा हातहतियार फेला परेको हो ।

हतियार विप्लव समुहले बनाउन दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई सादा पोशाकमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका कामीलाई हातहतियार खरखजना एेन अन्तर्गत मुद्दा चलाउने इप्रका तुलसीपुरले जनाएको छ ।श्रोत raptitoday.com

प्रतिक्रिया
सम्बन्धित समाचार