पोखरा, १३ माघ २०८१ ।
बाख्रा चराउन जंगलतिर गएका फुपूभदै अछामको सिस्ने ओढारमा मृत भेटिएका छन्।
शुक्रबार बिहान ११ बजे बाख्रा चराउन भन्दै घरबाट हिडेका अछामको ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का स्थानीय सिस्ने ओढारमा मृत अवस्थामा भेटिएका हुन। उनीहरु नातामा फुपूभदै रहेका आफन्तले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबार बिहान ११ बजे बाख्रा चराउन जंगलतिर हिडेका उनीहरु बेलुकासम्म घर नफर्केपछि खोजी गर्ने क्रममा उनीहरु शनिबार बेलुका सिस्ने ओढारमा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारी घटनास्थलमा पुगेका छन्। घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको मृत्युको कारण खुलेको छैन।