रुकुम पश्चिममा चार दिनअघि भागी विवाह गरेका जोडी मृत भेटिए

रुकुम पश्चिममा चार दिनअघि भागी विवाह गरेका जोडी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ माघ २०८१
  • 5.4K
    Shares

पोखरा, १३ माघ २०८१ ।

रुकुम पश्चिममा केही दिनअघि भागी विवाह गरेको एक जोडी शनिबार बिहान मृत भेटिएका छन् । भागी विवाह गरेका त्रिवेणी गाउँपालिका-४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शनिबार बिहान उक्त जोडी मृत फेला परेको हो।

प्रहरीका अनुसार केही दिनअघि भागी विवाह गरेका जिल्लाको त्रिवेणी गाउँपालिका-४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर शनिबार बिहान करिब ९ बजे लोकेन्द्रको घरमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले सोही गाउँपालिकाको वडा नम्वर ६ मा घर भएकी सपनालाई लोकेन्द्रले केही दिनअघि भगाएर विवाह गरेका कुरा स्थानीयले बताएको जानकारी दिए।

डिएसपी विष्टका अनुसार, लोकेन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको छ। घटनाको थप अनुसन्धान भइरहेको बताउँदै विष्टले आफन्तहरू आएपछि विस्तृत अनुसन्धान थाल्ने बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार