भारतको राजस्थानबाट चोरेर ल्याइएको झन्डै डेढ करोड रुपियाँको धनमालसहित दैलेखमा एक युवा समातिए

भारतको राजस्थानबाट चोरेर ल्याइएको झन्डै डेढ करोड रुपियाँको धनमालसहित दैलेखमा एक युवा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ माघ २०८१
  • 11.4K
    Shares

पोखरा, १२ माघ २०८१ ।
\
भारतको राजस्थानबाट नगद तथा गरगहना लगायतका झन्डै डेढ करोड रुपियाँ बराबरको धनमाल चोरेर भागेका एक युवा दैलेखमा समातिएका छन्।

झन्डै डेढ करोड रुपियाँ बराबरको धनमाल चोरेर भागेका कालीकाेटको नरहरिनाथ गाउपालिका वडा नम्बर ९ स्थायी ठेगाना भएका ४० वर्षीय परेखवहादुर शाही दैलेखमा समातिएका हुन्।

अभियुक्त शाहीलाई प्रहरीले बुधबार साँझ आठ बजेको समयमा दैलेख सदरमुकाम खलङ्गास्थित एक होटलबाट पक्राउ गरेको बताइएको छ। अभियुक्त शाहीको साथमा रहेको झोलामा कपडामा बेरेर पोको पारिएको अवस्थामा तीन लाख २९ हजार भारू दुईसय ७८ ग्राम चादी र एकसय १० ग्राम सुनका गहनाहरू पनि बरामद भएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

।उनीसंगै अर्का एक भारतीय नागरिक पनि संलग्न रहेकाे बताइए पनि उनी भने फरार छन्। प्रहरीले भने उक्त घटना सम्बन्धमा बिस्तृत जानकारी आधिकारिक रुपमा दिएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार