तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना : आमा-छोराको मृत्यु

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना : आमा-छोराको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ माघ २०८१
  • 12.6K
    Shares

पोखरा,८ माघ २०८१।

तनहुँमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार