प्रहरीले मध्यरात युवालाई बुटै बुटले सडकमा कुटे (भिडियोसहित)

प्रहरीले मध्यरात युवालाई बुटै बुटले सडकमा कुटे (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ माघ २०८१
  • 11.1K
    Shares

पोखरा,७ माघ २०८१।

यति बेला सामाजिक संजालमा एक युवालाई प्रहरीले मरणासन्न हुनेगरी बुटै बुटले कुटेको भिडियो भाइरल भैरहेको छ। ‘कसलाई फोन गर्ने? पावर देखाएको, कसलाई फोन गर्ने, फोन गर’ भन्दै बुटै बुटले कुटिरहेको उक्त भिडियो कहाँको हो स्पस्ट भएको छैन।

उक्त भिडियो चितवनको भरतपुरको भएको दाबी गरिएको छ। उक्त भिडियोमा सडकमा मोटरसाइकल रोकेर केही युवाहरुसँग कुरा गर्दै गरेको अवस्थामा एक प्रहरीले सडक किनारमा उभिएका युवालाई लात्ताले हानेर पेटीमा लडाएर ‘ कसलाई फोन गर्ने? पावर देखाएको, कसलाई फोन गर्ने, फोन गर’ भन्दै बुटै बुटले कुटिरहेका छन्।

भिडियोमा नेपाल प्रहरीको बर्दीम देखिएका व्यक्तिले युवालाई बुटले कुटेको देखिएको छ। तर नेपाल प्रहरीले यस बारेमा आधिकारिक जनाकारी सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260