गुडिरहेको बसबाट खसेर तनहुँमा सहचालकको मृत्यु

गुडिरहेको बसबाट खसेर तनहुँमा सहचालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ माघ २०८१
  • 11.4K
    Shares

पोखरा,६ माघ २०८१।

पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।

पोखराबाट नारायणगढ जाँदै गरेको बा४ग ५८०१ नम्बरको बसबाट खसेका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रनाउ थापाका अनुसार पोखरा महानगरपालिका–२८ का वर्ष २६ का सञ्जीव बोहोराको आइतबार दिउँसो मृत्यु भएको हो। बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार