पोखरा,४ माघ २०८१।
अदालतले भाइरल सामाजिक अभियन्ताको छवि बनाएकी आशिका तामाङलाई पक्राउ गर्नुको कारण सोधेको छ। तामाङको तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण निवेदनमा उच्च अदालत पाटनले आशिका तामाङलाई पक्राउ गर्नुको कारण सोधेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराईको एकल इजलाशले तामाङलाई पक्राउ गर्नुको कारण देखाउन आदेश जारी गरेको हो ।
उनलाई पांच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमान्डौ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएपछि बन्दी प्रत्यक्षिकरणको निवेदन लिएर अदालत पुगेकी थिइन् ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी मंगलबार पक्राउ परेकी थिईन् ।
गत पुस २५ गते तामाङ केही युवालाई लिएर पशुपति मन्दिरपरिसरमा पुगी पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी तथा सुरक्षार्थ खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गरी अभद्र रूपमा प्रस्तुत भएकी थिईन् ।