ट्रकले ठक्कर दिँदा मोटरसाईकलमा आगलागी हुँदा जलेर चालकको मृत्यु

ट्रकले ठक्कर दिँदा मोटरसाईकलमा आगलागी हुँदा जलेर चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ माघ २०८१
  • 7.5K
    Shares

पोखरा,४ माघ २०८१।
दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकलमा आगलागी हुँदा जलेर मोटरसाइकल चालकको मृत्यु भएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको मालबाहक ट्रकले विपरीत दिशामा जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा आगलागी भएको र जलेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। चालकको पहिचान खुलिसकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार