पोखरा , ३ माघ २०८१।
बसको ठक्करबाट दुई जनाको ज्यान गएपछि बांकेको राप्ती सोनारी-७ का स्थानीय बासिन्दाले पिडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै राप्ती सोनारी-६ कुण्डाचोकस्थित सडक बन्द गरेका छन् ।
माघ १ गते राती नरैनापुर बाट आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरित दिशा बाट गईरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाईकललाई राधाकृष्ण मन्दिर नजिकै ठक्कर दिदा मोटरसाईकलमा सवार स्थानीय सर्रा गाउँका २६ बर्षिय दिल बहादुर थारु र उनका २५ बर्षिय भतिजा राजेश थारुको ज्यान गएको थियो ।