पोखरा , ३ माघ २०८१।
श्रीमानको जिबन बिमा रकम र सम्पत्ति हत्याउन कन्चनपुरमा एक महिलाले भारतीयको सहयोगमा हत्या गरेको खुलेको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा फारुखले मृतक सियाराम रानाको जीवन बीमा र सम्पत्तिमा दाबी गर्ने उद्देश्यले श्रीमती जनक कुमारीसँग मिलेर हत्या योजना बनाएको स्वीकार गरेका छन्।
गएको मंसिर १३ गते कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ भुराकोटस्थित आफ्नै घरको शौचालयमा मृत भेटिएका ४९ वर्षीय सियाराम रानाको हत्या सम्बन्धमा अनुसन्धान गरेको प्रहरिले त्यस्तो रहस्य पत्ता लगाएको हो।
प्रहरीले सियाराम रानाको श्रीमती जनक कुमारी र भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगरका फारुखलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले दिएको जानकारी अनुसार , रानाको शब गएको मङ्सिर १३ गते आफ्नै घरको शौचालयमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा शवको अवस्थाले लडेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको टाउकोमा गहिरो चोटपटक पाइएको थियो। थप अनुसन्धानका क्रममा सुत्ने कोठामा रगतका छिटाहरू, रगत लागेको ईट्टा, र दराजभित्र रगतले भिजेका कपडा फेला परेको थियो। त्यसपछि घटनाको अनुसन्धानका क्रममा मृतककी श्रीमती जनक कुमारी रानाले ईट्टाले प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन्।
प्रहरीले अनुसन्धानका क्रममा घटनाको प्रमुख योजनाकार भारतीय नागरिक फारुख रहेको र उनको सल्लाहमा हत्या गरिएको पत्तो पाए पछि अभियुक्त फारुखलाई पनि भारतबाट पक्राउ गरेर महेन्द्रनगर ल्याएको छ र अनुसन्धान शुरु गरेको छ। अभियुक्त जनक कुमारी भने अदालतको आदेश बमोजिम गएको मंसीर ८ गते नै पुर्पक्षमा रहने गरी कारागार चलान भैसकेकी छिन।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा फारुखले मृतक सियाराम रानाको जीवन बीमा र सम्पत्तिमा दाबी गर्ने उद्देश्यले श्रीमती जनक कुमारीसँग मिलेर हत्या योजना बनाएको स्वीकार गरेका छन्। त्यसपछि अदालतको आदेशमा फारुखलाई थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ।